काठमाडौं । चर्चिच फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबी) बन्द भएको छ । आरओएनबीका सञ्चालक भिक्टर पौडेलले सामाजिक सञ्जालमार्फत बन्द गरिएको जनाएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन… बाँकि कुरा पछि गरौला!!’
उनले आफू अब स्वतन्त्र भएको र आफूलाई एक्लै छाड्न पनि भनेका छन् ।
त्यसअघि भिक्टरले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यस लगत्तै आरओएनबीको फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको हो ।
आरओएनबी सामाजिक सञ्जालमा नेपाल बन्दका सूचनाहरु प्रकाशित गर्दा गर्दै निकै चर्चित भएको पेज थियो ।
आरओएनबी धेरै पटक विवादमा पनि परेको थियो । हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बचाउ गरेको आरोप लागेको छ ।
मेयर शाहले सिंहदरबारमा आगो लगाउने धम्किपूर्ण स्टाटस लेखेसँगै उक्त पेज पनि विवादमा परेको थियो ।
मेयर शाहको आलोचना हुन थालेपछि इस्यू डाइभर्ट गर्न उनलाई ‘पुत्रीलाभ’ भएको जानकारी उक्त पेजमार्फत गराइएको थियो । तर, उक्त पेजेमा कुनैपनि मिति उल्लेख नगरिएको र पछि एडिट गरिएको भन्दै तिव्र आलोचना भएको थियो ।
पछि स्टाटस सच्याएर केही दिनअघि भनेर थपिएको थियो । सोही विवाद बढ्दै जाँदा रुटिन अफ नेपाल बन्दको पेज बन्द भएको हो ।