अधिकारीको गीतमा अमेरिकी गायिका

रंग नेपाल २०८० भदौ २७ मा प्रकाशित

काठमाडौं । गीतकार लोकराज अधिकारीको रचनामा अमेरिकी गायिका ज्याकलिनले नेपाली गीत रेकर्ड गराएकी छन् । आइतबार रेकर्ड गरिएको गीतमा गोविन्द मधुर आचार्यको सङ्गीत रहेको छ ।

लघुचलचित्र निर्माणका क्रममा नेपाल आएकी उनले ‘ए कान्छा एउटा कुरा सुनिदेऊ’ शीर्षकको गीतमा स्वर दिएकी हुन् । गीतमा पर्यटकलाई नेपाली संस्कृति, नेपाली भूभाग, नेपाली खाना, नेपालीपन र नेपालीहरू मन परेको भाव रहेको गीतकार अधिकारीले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट