मेलिना र चुडामणिको ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक

रंग नेपाल २०८० असोज १ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना राईको ‘मुखले ठिक्क बनाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीत भद्र नकलको शब्द तथा संगीतमा तयार भएको हो । गीतमा मेलिना र चुडामणि मगरको स्वर रहेको छ । गायक चुडामणि वैदेशिक रोजगारीका क्रममा हाल विदेशमा छन् ।

नेपाली गीतसंगीतको सिर्जनामा समेत सक्रियता देखाउँदै आएका टम्पशेर राईले पछिल्लो पटक अञ्जली अधिकारीसँग स्क्रिन शेयर गरेका छन् । अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको भिडियोमा तारावीर पाण्डेको निर्देशन रहेको छ ।

भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट