कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ

रंग नेपाल २०८० असोज ६ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रही रहने बताए । उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रश्तुत गर्नुपर्ने बताए ।

लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट