यस्तो छ ‘टाइगर ३’को टिजर

रंग नेपाल २०८० असोज १० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को टिजर सार्वजनिक भएको छ । टिजरमा सलमान दमदार एक्शन अवतारमा देखिएका छन् । टिजरको सुरुमा सलमान खान अडिओ सन्देश रेकर्ड गर्दै देखिएका छन् । सलमानले रेकर्ड गर्दै भनेका छन्- ‘मेरो नाम अविनाश सिंह राठौर हो तर तपाई सबैका लागि म टाइगर हुँ ।’

उनले २० वर्षमा भारतको रक्षाका लागि सबैकुरा दिएको तर बदलामा केही नमागेन भनेका छन् । सलमानले भनेका छन्- तर आज म सोध्दै छु । आज तपाईहरु सबैलाई भनिएको छ कि टाइगर तपाईको शत्रु हो, टाइगर देशद्रोही हो,त्यसैले २० वर्षको सेवा पछि भारतबाट मेरो सर्टिफिकेट माग्दै छु । मैले होइन, भारतले मेरो छोरालाई उसको बुबा को हो भन्ने कुरा बताउछ, जबसम्म टाइगरलाई परास्त गर्दैन तबसम्म त्यो मर्दैन ।’

यस फिल्ममा सलमान भारतको रअ एजेन्टको भूमिकामा छन् भने सलमानकी श्रीमतीको भूमिकामा रहेकी कट्रिनाले पाकिस्तानको रअ एजेन्टको भूमिका निर्वाह गरिरहेकी छन् । तर, यस टिजरमा कट्रिनालाई देखाइएको छैन् ।

विवाहपछि सलमानसँग कट्रिना कैफको यो पहिलो फिल्म हो ।

यसअघि फिल्म टाइगरका दुई भाग रिलिज भइसकेका छन् । सन् २०१२ मा सलमान खान र कट्रिनाको फिल्म ‘एक था टाइगर’ रिलिज भएको थियो । त्यसपछि २०१७ मा ‘टाइगर जिन्दा है’ रिलिज भएको थियो ।

यी दुवै फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।

अहिले फ्यानहरु ‘टाइगर ३’ को प्रतिक्षामा छन् । यो फिल्म यसै वर्षको दीपावलीमा नोभेम्बर १० मा रिलिज हुनेछ । फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट