काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
आपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको हो । चन्द्रकला कटुवालले अनमोलले चलचित्रका रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
यस्तै फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी हुन् ।