इजरायलको बंकरबाट सरकारलाई विपीनको गुहार– राति श्वास पुग्दैन, मुटु फुट्न खोज्छ, उद्धार गरिदिनुस्

रंग नेपाल २०८० असोज २२ मा प्रकाशित

काठमाडौं । युद्धग्रस्त इजरायलमा सयौँ नेपालीहरू फसेका छन् । त्यहाँ रहेकामध्ये अधिकांश विद्यार्थीहरू रहेका छन् । उनीहरू नेपाल सरकारले उद्दार गर्ने आशमा श्वास अड्काएर बसिरहेका छन् ।

दशजना नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा परेर मृत्यु भइसकेको छ । दशजना नेपालीले ज्यान गुमाएपछि त्यहाँ रहेका नेपाली झनै आत्तिएका छन् । उनीहरू उद्दारका लागि नेपाल सरकार र दूतावासलाई गुहारिरहेका छन् ।

यसैबीच सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपीन सुवेदीले उद्दारका लागि सरकारसँग गुहार मागेका छन् । उनले एक भिडिओ सार्वजनिक गर्दै उद्दारका लागि गुहारेका हुन् ।

उनले भनेका छन्, ‘हामी अहिले दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा छौं । हामी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट आएका विद्यार्थीहरु हौं । हामी ५ जना छौं । हामी घरमा पीडा हुन्छ, तनाव हुन्छ भनेर आफ्नो पीडा नबताउने योजनामा थियौं । हामी घरभन्दा माथि उठेका छौं । अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी आफ्नो कुरा भन्न बाध्य भयौं । हामी अहिले बंकरमा बसिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ । हामीले १० जना साथीहरु गुमाइसक्यौं । अझै पनि आफू पनि गुम्छौं कि भन्ने डर छ । १० जना साथीको त्यो चिच्चाहट, उनीहरुले हामीलाई गरेको हारगुहार याद आउँछ । रातभरि निन्द्रा लाग्दैन । हामीलाई त्यतिमात्रै होइन, मिसाइल यो बंकरमा बज्छ भनेर नेपाल सरकारले सोचिरहेको होला । अहिले कोठामा जो उज्यालो आइरहेको छ, ढोका खुल्ला छ । त्यहाँ आएर राति आतंककारीहरुले साथीहरुलाई जस्तै हामीलाई पनि कुरुतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने रु बिन्ती छ–अब अझै पनि पर्खन सक्तैनौं । भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर भारत लाग्यो भनेर समाचारमा सुन्छौं । नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्तैन हो ? ४९ जनामा १० जना त गुमाइसक्यो । अझै बचेको छौं । त्यत्तिलाई त केही न केही गर्नुपर्‍यो । देश फर्केर त हामी पनि केही न केही गर्न सक्छौं होला नि । केही न केही गरिदिओस् । हामीलाई बैठक भइरहेको छ, यता त्यता सुनाउनुपर्दैन । म्यासेजमा हामी यस्तो गरिरहेका छौं भनेर भन्नुपर्दैन । हजुरहरु (राज्य) ले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् । हामीलाई केही भाएको छैन । हामी अहिले मानसिक तनावले कुन अवस्थामा होला रु राति बस्दाखेरि मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने रु आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यही रातमा कटाउन पर्‍यो भने रात, रातले नै लग्ने भयो हामीलाई । साथीहरुलाई पनि लग्यो । अब हामीलाई नलगोस् । हामी साथीहरु एकआपसमा बोल्न सकिरहेको छैनौं । साथीभाइ आफन्तले मेरा भाइहरुलाई मरे भनेर म्यासेज आइरहेको छ । यसले हामीलाई कस्तो भइरहेको होला । बिन्ती छ, चाहे जेसुकै होस्, हामीलाई छिटोभन्दा छिटो यहाँबाट उद्धार गरिदिनुस् ।,’

धेरै पढिएका

पछिल्ला अपडेट