इन्डियन आइडलमा मेनुकाको प्रस्तुतिले भावुक बने जज, जितिन् ‘गोल्डेन माइक’

रंग नेपाल २०८० असोज २२ मा प्रकाशित

काठमाडौं । नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएकी छन् ।

उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन् । मेनुकाले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन् ‘गोल्डेन माइक’ समेत जितिन् ।

उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए । उनीहरुले आफूलाई सम्हाल्न सकेनन्। जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु समेत बगाएका थिए ।

जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा समेत गरेका थिए । उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ ।

मेनुकाले ‘नेपाल आइडल’ र भारतको रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएकी थिइन् । उनी ‘सारेगमप’को टप ११ बाट बाहिरिएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट