युद्वग्रस्त इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्सको जहाज जाँदै

रंग नेपाल २०८० असोज २४ मा प्रकाशित

काठमाडौं । युद्वग्रस्त इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।

आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायका लागि उड्ने तय भएको छ । जहाज दुबईमा ट्रान्जिट गरी इजरायल जान लागेको हो ।

यसअघि इजरायलले हवाई रूट नदिँदा जहाज उद्वारका लागि जान सकेको थिएन । इजरायल सरकारले रूट उपलब्ध गराएलगत्तै जहाज आज जान लागेको हो । स्वदेश फर्किनका लागि ३ सय ५० जनाले दूतावासमा विवरण उपलब्ध गराएका छन् ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । यस्तै एकजना बेपत्ता छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट