गीता पाण्डे र सुवास तिमल्सिनाले ल्याए दशैं तिहार गीत ‘दशैं आयो तिहारै आयो’

रंग नेपाल २०८० कार्तिक १ मा प्रकाशित

काठमाडौं । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘दशैं आयो तिहारै आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार रमेश दहालका शब्द, राजेन्द्र बजगाइको सङ्गीत तथा मनोज परियारको एरेन्ज रहेको छ ।

दशैं तथा तिहार पर्वमा नेपाली युवाहरुको खुशीको अवस्थालाई निर्देशक पुजा ठकुरीले कलात्मक शैलीमा भिडियोमा देखाएकी छिन् । भिडियोको छायांकन राम केसी,सम्पादन विनोद बम भने कोरियोग्राफ अनिल राईले गरेका हुन् ।

भिडियोमा दिक्पाल कार्की,जुना कार्की लगायत अन्य यस गीत सँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ । गायिकमा आफ्नो सक्रियता बढाइरहेका गायिका पाण्डेले अहिलेसम्म दुई दर्जन बढी गीतहरू रेकर्ड गराइसकेकी छिन् अन्य नयाँ गीतहरू रिलिजको क्रममा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट