पशुपतिप्रसाद–२ ‘भष्मे डन’ आजबाट हलमा

रंग नेपाल २०८० कार्तिक ४ मा प्रकाशित

काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेल पशुपतिप्रसाद–२ ‘भष्मे डन’ आज शनिबारबाट प्रदर्शन आएको छ । दसैँको फूलपातीको अवसर पारेर चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपतिप्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।

खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट