‘हल्कारा’ अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट

रंग नेपाल २०८० कार्तिक १३ मा प्रकाशित

काठमाडौं । विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ।

अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा २२ कात्तिकदेखि १७ मंसिरसम्म हुन लागेको फेस्टिभलमा यो फिल्म छनोट भएको हो । यो फिल्म अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि नेपालबाट छनोट भएको थियो।

यसअघि ‘अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टन’मा फिल‍्मका अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेका थिए । त्यसैगरी सर्वोत्कृष्ट फिल्म र छायांकन विधामा पनि फिल्मले अवार्ड जितेको थियो ।

फिल्ममा वैदेशिक रोजगारीको क्रममा आइपर्ने विभिन्न समस्यालाई चित्रण गरिएको छ । फिल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापा मगर, दीपक क्षत्रीलगायतको मुख्य भूमिका रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट