‘महाजात्रा’ को शुभमुहूर्त

रंग नेपाल २०८० कार्तिक १६ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा शुभमुहूर्त गरिएको हो । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।

मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओमप्रकाश अग्रवाल, फिल्मका कलाकार विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देललगायतको उपस्थिति रहेको थियो ।

दिपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । चलचित्रको लेखक निर्देशक भट्टराई स्वयं हुन् ।

विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रको सुटिङ बुढानीलकण्ठबाट सुरु भएको छ ।

छायाङ्कन अगाडि नै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्रको प्रदर्शन आगामी चैत ९ गते तोकिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट