अभिनेत्री दिपाशा बिसीको निधन

रंग नेपाल २०८० कार्तिक २३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन्।

धेरै पढिएका

पछिल्ला अपडेट