नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय

रंग नेपाल २०८० कार्तिक २७ मा प्रकाशित

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।  सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्त रेखा शर्माले नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् । टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरु बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उनले बताइन् ।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने बताइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट