जब रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको खुट्टा ढोगेर आशीर्वाद लिए

रंग नेपाल २०८० मंसिर ८ मा प्रकाशित

काठमाडौं । बलिवुड अभिनेता रणवीर कपुरले भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा अगाडी बढिरहेकी नेपाली गायिका मेनुका पौडेलको खुट्टा नै ढोगेर आशीर्वाद लिएका छन् ।

आफ्नो नयाँ फिल्म ‘एनिमल’को प्रमोशनका लागि इन्डियन आइडल शो मा पुगेका अभिनेता रणवीरले मेनुकाको गीत सुने पछि स्टेजमा गएर उनको खुट्टा ढोगेर आशीर्वाद लिएका हुन् ।

खुट्टा ढोग्दै रणवीरले भनेका छन्, ‘मेरो नाम रणविर हो र म तपाईंबाट आशीर्वाद लिन चाहन्छु ।’

मेनुकाले रणवीरको फिल्म तमाशा फिल्मको गीत ‘अगर तुम साथ हो’ भन्ने गीत गाएकी थिइन् । गीत सुनेपछि रणवीरले मेनुकालाई संगीतकी देवी भनेर प्रसंशा गरेका थिए ।

अहिले इन्डियन आइडलको १४औं सिजन जारी रहेको छ र मेनुका अहिले टप १४ मा रहेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट