अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’

रंग नेपाल २०८० मंसिर १० मा प्रकाशित

काठमाडौं । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय भएर रमाउने मध्यका एक हुन् गीतकार गोपाल लोहार । उनको शब्दमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ । तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री भीमा लोहार हुन् । ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

नेपालमा रहदा वरिष्ठ निर्देशक तुलसी घिमिरेको सहाएक भएर चलचित्र क्षेत्रमा काम गर्ने समेत मौका पाएका गीतकार लोहारको शब्दमा यसअघि ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट