हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई

रंग नेपाल २०८० मंसिर १३ मा प्रकाशित


काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पारेका छन्।

सोमबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा खोटाङका राईले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।

उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा सुहाउँदैन, गर्न सक्दैन भन्ने टिकाटिप्पणी आएपनि काम गर्दै गएपछि सहज र रमाइलो लागेको सुनाइन् ।

ग्रिन ग्याङ अर्थात टिम लाउरे दुवैजना प्रतिष्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो ।

धेरै पढिएका

पछिल्ला अपडेट