रीमा श्रेष्ठको गीत ‘अधुरो सपना-२’ बजारमा

रंग नेपाल २०८० पुष १८ मा प्रकाशित

काठमाडौं । गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना’ अत्याधिक सफलता पछि ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीतमा गायिका अन्जु पन्तको स्वर छ ।

अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो देख्न सकिन्छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट