‘जिग्री’मा महङ्गी र अभावको कथा

रंग नेपाल २०८० माघ १२ मा प्रकाशित

काठमाडौं । अभिनेता अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ ।

करिब एक मिनेटको टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा सुशीलराज पाण्डे र पशुपति राईलगायतका कलाकारलाई देखाइएको छ । आकाश मगर निर्देशित फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ ।

निर्देशक मगरका अनुसार फिल्ममा युवाहरूले महङ्गी र अभावमा पिल्संदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको सङ्घर्षलाई देखाइएको छ ।

सुस्केरा आट्र्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् ।

फिल्ममा सुमित भट्ट र सोमित माझीको छायांकन, सरुन मानन्धरको सम्पादन र कलर, सुवास पौडेल र भास्कर स्वाँरको सङ्गीत छ । फिल्मको वितरण सुस्केरा आट्र्सले गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट