फागुन २७ गते नेपालगञ्जमा मेनुका पौडेलको लाइभ कन्सर्ट

रंग नेपाल २०८० फागुन ११ मा प्रकाशित

नेपालगञ्ज । गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगन्ज रंगशालामा हुने भएको छ  ।

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ देखि नेपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिभलकै अवसर पारेर सो विशेष कन्सर्ट गर्न लागिएको हो । वाद्यवादन टिमसहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने जनाइएको छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले यो विशेष कार्यक्रमलाई ‘लेट्स सिङ विथ मेनुका’, ‘मेनुकासँगै गाऔँ’ नाम दिइएको बताए  । उनले गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोरकिशोरीलाई पनि प्रोत्साहित गरोस् भन्ने मुख्य उद्देश्य रहेको बताए ।

मेनुका भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’मा उत्कृष्ट १० भित्र पर्न सफल भएकी थिइन् । इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा पनि गीत गाएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट