अठोटले फोटोग्राफी प्रतियोगिता गर्दै

रंग नेपाल २०८० चैत ५ मा प्रकाशित

काठमाडौं । अठोट नेपालले दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता–२०२४ को आयोजना गर्ने भएको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै पर्यटनको दिगो विकास गर्ने उद्देश्यका साथ बहस कार्यक्रम र फोटोग्राफी प्रतियोगिता आयोजना गर्न लागेको अठोट नेपालका अध्यक्ष देवेन्द्रबहादुर शाहीले जानकारी दिएका हुन् ।

कार्यक्रमलाई पर्यटनका विषयमा सामूहिक बहस र फोटोग्राफी प्रतियोगिता गरि दुई भागमा विभाजित गर्दै आयोजना गर्ने तालिका तय गरिएको उनले बताए ।

पहिलो कार्यक्रममा पर्यटन र वातवरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग पर्यटन नीति निर्माण, पर्यटन प्रवर्धन, पर्यटन सरोकारका विषयसँगै जलवायु परिवर्तन तथा पृथवीको बढ्दो तापक्रमले पर्यटन क्षेत्रलाई पारेको असरसँगै आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल गर्ने भन्दै योजना छ । उक्त छलफलको निष्कर्ष पर्यटन विकासको नीति निर्माणका तहसम्म पु¥याउन पहल गरिने जानकारी उनले दिए ।

फोटोग्राफी प्रतियोगितामा नेपाल प्रवर्धन हुनेगरि प्राकृतिक, वातावरण, सांस्कृतिक पर्व, मान्छे, जीवन शैली र वन्यजन्तु, चराहरू जस्ता चार वटा विद्यालाई समेटिएको छ । यो चारवटा विद्यालाई ५०÷५० हजार पुरस्कार रासि राखिएको छ । चार वटा फोटोमध्येबाट एउटा उत्कृष्ट फोटोलाई फोटो अफ द इयर घोषणा गरिने जनाइएको छ ।

विश्व माहामारी कोभिडपछिको पर्यटन क्षेत्रलाई सुधारका लागि महत्वपूर्ण भूमिका खेलेका पर्यटन क्षेत्रका व्यवसायी, अभियन्ता, सञ्चारकर्मी, फोटोग्राफर, सरकारी कर्मचारीहरु मध्येबाट छनोट गरेर सम्मान पनि गरिने जानकारी कार्यक्रममा दिइयो । अठोट नेपालले गत वर्ष प्रिजेन्टीङ नेपाल फोटोग्राफी प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट