नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को निर्माण घोषणा

रंग नेपाल २०८० चैत २० मा प्रकाशित

काठमाडौं । राजु गिरीले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’को निर्माण घोषणा गरेका छन् । २०८१ साउन २० गतेबाट फ्लोरमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन् ।

बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन् ।

निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन् ।

धेरै पढिएका

पछिल्ला अपडेट