नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा

रंग नेपाल २०८१ वैशाख २ मा प्रकाशित

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ फिल्म नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामामा कथा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा पहाडको खोँच, खोँचमा कुहिरो, हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत गरेको छ । पोस्टरमा प्राचिन बस्ती देखाइएको छ । बस्तीका घर पुराना भइसकेका छन् । जीर्ण बनेका घर लड्न ठिक्क परेजस्ता देखिन्छन् । ढुंगाको छानो भएका बाक्लै घर तीनतलेसम्मका र सिँढी देखिन्छ । यसले कुनै समयको संवृद्ध बस्ती भएको पोस्टरले संकेत गरेको छ ।

फिल्मका निर्माता टोपेन्द्र विष्टले फिल्मले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई देखाउने बताए ।

मोती विष्ट प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माता टोपेन्द्र विष्ट छन् ।

विराज विष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । विराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट