फूलपातीमा ‘ज्वाइँ साब’ र ‘छक्कापञ्जा ५’

रंग नेपाल २०८१ साउन ३० मा प्रकाशित

काठमाडौं । दशैंको अवसर पारेर फूलपातीको दिन असोज २४ मा दुई ठूला नेपाली फिल्म ‘ज्वाइँ साब’ र ‘छक्कापञ्जा ५’ एकै दिन प्रदर्शनमा आउने भएका छन् ।

‘ज्वाइँ साब’ले मंगलबार फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । यसअघि नै ‘छक्कापञ्जा ५’ले पनि यही मिति तोकिसकेको थियो ।

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अर्कोतर्फ, ‘छक्कापञ्जा ५’ दीपाश्री निरौलाको निर्देशनमा बनेको छ । दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी यसका मुख्य कलाकार हुन् ।

दुवै फिल्म एकै दिन रिलिज हुने भएकाले दर्शकहरूको रोजाइ र बक्स अफिसमा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली फिल्म उद्योगमा राम्रो प्रदर्शन मितिका लागि निर्माताहरूबीच प्रतिस्पर्धा हुने गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट