मिलन चाम्सको फिल्म ‘सुम्निमा’मा उपासना अनुबन्धित

रंग नेपाल २०८२ वैशाख २४ मा प्रकाशित

काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन् ।

प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’मा उपासना अनुन्बन्धसँगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागि अडिसन आह्वान गरिएको छ । २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताइएको छ।

निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्नेछ ।’ चाम्सले भने ।

नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्म निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ ।

फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक सिनेमा ‘अञ्जिला’ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ ।

‘अञ्जिला’ले प्राप्त गरेको सफलतासँगै चाम्सलाई आगामी प्रोजेक्ट उत्कृष्ट बनाउनु पर्ने चुनौती छ । कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृष्ट सिनेमा बन्नेमा चाम्स ढुक्क देखिएका छन् ।

चलचित्रका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट