चलचित्र ‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

रंग नेपाल २०८२ जेठ ३ मा प्रकाशित

काठमाडौं । दीपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथालाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।

निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् ।

फिल्म रिलिजको पूर्वसन्ध्या अर्थात बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो ।

प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी ‘र्‍यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो । निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो ।

सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको इमान्दार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए ।

प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट