फिल्म ‘बाकस’को निर्माण घोषणा

रंग नेपाल २०८२ असार २६ मा प्रकाशित

काठमाडौं । गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ ।

पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ । निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन् ।

नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल र विदेश दुवै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ । हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन् ।

तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट