
काठमाडौं । फिल्म ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण भएको छ । बिहीबारबाट एमएसएम भिडियोमार्फत प्रसारण भएको हो ।
गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यस फिल्ममा नेपालबाट अष्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने संघर्षको कथालाई देखाउन खोजिएको छ। अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।
यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ । यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको छ ।