जापानमा गुञ्जिदै स्वप्न सुमन

रंग नेपाल २०८१ कार्तिक २६ मा प्रकाशित

काठमाडौं  । गायक स्वप्न सुमन जापानमा गुञ्जिने भएका छन् ।

‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको सांगीतिक कार्यक्रम हुने भएको हो । जसमा स्वप्न सुमन गुञ्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले प्रस्तुति दिनेछन् । एस्टर्स उनको ब्यान्ड हो ।

कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत गाउनेछन् । कार्यक्रम डिसेम्बर १ मा हुनेछ । टि–२ सिनजुकुमा हुने कार्यक्रममा चार हजार जापानी येन चार हजारदेखि १० हजारसम्मको टिकट मूल्य रहेको छ । ३ बजे कार्यक्रमस्थलमा प्रवेश खुला गरिनेछ भने ६ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

म्याक्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको कार्यक्रममा स्वप्न सुमनले आफ्ना ब्यान्टसहित दर्जन लोकप्रिय गीत गाउनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट