काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको विशेष अवसरमा गायिका समीक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ । गीतका शब्द अशोक अर्यालले लेखेका छन् र संगीत रचना राजु अर्यालले गरेका हुन् ।
गीतमा विनोद बाजुरालीले एरेन्ज गरेका हुन् भने खडक बाजुरालीले मास्टरिङको काम गरेका छन् । रेकर्डिस्ट सागर बाजुराली र मालाश्री स्टुडियोमा भएको रेकर्डिङले गीतलाई उच्च स्तरमा प्रस्तुत गरेको छ । यस गीत दशैंको चाडपर्वको माहोललाई संगीत र भिडियोमार्फत व्यक्त गर्दै धेरैलाई मन पर्नेमा आफू निकै आशावादी रहेको गायिका अधिकारीले बताइन् ।
गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ । यस भिडियोलाई प्रतिमा अर्यालले निर्माण गरेकी छन्, र निर्देशन र कोरियोग्राफी शिव बिकेले गरेका छन् । छायांकन पशुपति बस्यालले गरेका छन्, जसले दशैंको रमाइलो माहोललाई दृश्यमा उतार्ने काम गरेका छन् । भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका छन् ।