चलचित्र ‘प्रेम गीता’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८२ फागुन १४ मा प्रकाशित

काठमाडौं । प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्रको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ ।

यस चलचित्रमार्फत साजिद खान नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन्। अर्थात उनको यो डेब्यु फिल्म हो । उनका अलवा यो फिल्ममा जाहन्वी बस्नेत, सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारहरूको अभिनय रहेको जनाइएको छ ।

अर्नव बस्नेतको प्रस्तुती रहेको यस फिल्मको कथा सिताराम ढुङ्गेलको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन् । फिल्मका गीतमा संगीत दिप्सन लिम्बूले गरेका छन् । साथै, डिओपी रामेश्वर हुमागाईँ, नृत्य निर्देशन सुरेश पाण्डेको छ । द्धन्द्ध निर्देशन किरण दाहालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन् । रङ संयोजन प्रविन ढकाल तथा मिक्सिङ मुकेश शाहको रहेको निर्माण पक्षले जनाएको छ । यस फिल्मको सहायक निर्देशकका रुपमा सागर बोहोरा रहेका छन् । त्यसै यस फिल्मको चिफ एडीका रुपमा बिनयराज पौडेलले गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट