‘परालको आगो’को फस्ट लुक्समा सुहाना, सौगात र प्रकाश

रंग नेपाल २०८२ फागुन १४ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘परालको आगो’को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ ।

बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपूत फिचर्ड छन् । सौगात, सुहाना र प्रकाश गम्भीर मुद्रामा देखिएका छन् । सुहाना विवाहित देखिएकी छन् । तीनै जनाको अनुहारमा खुसी देखिएको छैन ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई देख्न सकिने बताइएको छ ।

चलचित्रमा सौगात, प्रकाश र सुहानासँगै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानियालगायतले अभिनय गरेका छन् ।

हरि ॐ सिने मेकर्स प्रा।लिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् ।

वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रको कथा सुशील देवकोटाले लेखेका छन् । चलचित्र संकल्प भुजेलले खिचेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट