फिल्म ‘हामी तीन भाइ’को ट्रेलर रिलिज

रंग नेपाल २०८२ चैत ३ मा प्रकाशित

काठमाडौं । मधुसूधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन् । उनीहरुका बुबा आमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन् । बुबाआमाको भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ खेतबारी, बारीमा होस् या कुनै काम मिलेर गर्छन् । दाइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर पनि गुनासो गर्छ । जब विनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरुको सम्बन्धमा दरार आउँछ । अर्थात् भाइहरु छुटिनका लागि अंश माग्न थाल्छन् । कहिल्यै नछ्टिने दाजुभाइहरु जब अंशको कुरा गर्न थाल्छन् त्यसपछि तीन दाजुभाइबीचको गहिरो सम्बन्धमा चिसोपना आउँछ । दाजुले रिसले त्यसो भए बुबा खोजेर लिएर आइज भनेपछि नम्कली बुबा राजाराम पौडेललाई खोजेर ल्याउँछन् । अहिले हाम्रो समाजमा भइरहेको जग्गा प्लटिङ गरेर धेरै कमाउने मान्छेहरु देखिन्छन् । सोही कथालाई समेत निर्देशक भट्टराईले कथामा मिसाएका छन् ।

तीन दाजुभाइको खटपट कुन बेलामा हुन्छ भन्ने कुरामा समेत फिल्मको ट्रेलरले बोल्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, जाहान्वी बस्नेत, फलित राई, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा लगायतलाई सबै अटाएका छन् । फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन् ।

सबै कलाकारहरुले लोभलाग्दो अभिनय गरेको देख्न सकिन्छ । फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । प्रसिद्धि सिने आट्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । साथै, कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् । सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।

फिल्मलाई शिव ढकालले खिचेका हुन् भने सम्पादन बनिश शाहले गरेका छन् । यस फिल्मको गीतमा संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन् । नृत्य कमल राई, इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागोको छ ।

फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ । फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्धन्द्ध निर्देशन देव महर्जनले गरेका छन् । ग्राफिक्स एक्स समिर मिया, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो । फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलको छ भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो ।

फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ । फिल्म यही चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट