
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद दिएको हो ।
लम्सालविरूद्ध अमेरिकामा रहेकी एक युवतीले बलात्कार आरोप लगाएपछि शनिबार पक्राउ परेका थिए । तर बलात्कारको जाहेरी नपरेकाले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको हो ।