अन्ततः जेरी र शंकरबीचको वैवाहिक सम्बन्धमा लाग्यो पूर्णविराम

रंग नेपाल २०७९ कार्तिक २५ मा प्रकाशित

काठमाडौं । अन्ततः चर्चित दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीचको वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको छ ।

पछिल्लो समय सम्बन्धविच्छेदको विषयलाई लिएर चर्चामा रहेका उनीहरूको जोडीले आज बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद गरेका छन् ।

करिब तीन वर्ष लामो आफ्नो वैवाहिक सम्बन्धलाई टुंग्याएर उनीहरू आ–आफ्नो बाटो लागेका हुन् ।

बच्चा सानै भएकाले बच्चाको सम्पूर्ण लालनपालन शंकरले गर्ने र बच्चा जेरीले राख्ने सहमति भएको छ । उनीहरूका दुई वर्षीया छोरी छिन् ।

सम्बन्धविच्छेदको चर्चासँगै दर्शकहरूले जोडी कायम राख्न सुझाव दिएका थिए । सुझाव अनुसार सम्बन्धविच्छेदको कुराबाट पछि हटेको चर्चा चलाइए पनि अन्ततः उनीहरूले बिहीबार सम्बन्धविच्छेद गरेरै छाडे ।

धेरै पढिएका

पछिल्ला अपडेट