डा. सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

रंग नेपाल २०७९ माघ ४ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई नेपालको राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनको चर्चा भइरहेको अवस्थामा कलाकार आचार्यले डा. रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार आचार्यले भनेका छन्ः

मनमा कुरा घुमि रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा सन्दुक रुइतलाई बनाउन पाए नेपालकोनै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योति विहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्र ज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ । यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको, इसा अवार्ड बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट