नेपथ्यको अस्ट्रेलिया यात्रा

रंग नेपाल २०७९ माघ ५ मा प्रकाशित

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको साङ्गीतिक यात्रा गर्ने भएको छ ।  यात्रामा नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दै छ ।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको साङ्गीतिक यात्रा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’बाट प्रारम्भ हुनेछ । चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ ।

नेपथ्यको यात्रा धेरै प्रशंसकले भरिएको सहर सिड्नीको हुनेछ ।  सिड्नीपछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । तास्मानियामा अन्तिम कन्सर्टको निम्ति नेपथ्य पुग्नेछ ।

नेपथ्यको अस्ट्रेलिया यात्राका लागि छ जना सङ्गीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापक गरेर १३ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गर्दै छ ।

गायक अमृतलाई यो यात्रामा पनि सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट