करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध हालिन् उजुरी

रंग नेपाल २०७९ माघ २५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्व साइबर ब्युरोमा उजुरी दिएकी छिन् । आफ्नो मानहानी गरेको भन्दै करिष्माले डिल्लीरामविरुद्व उजुरी दिएकी हुन् । डिल्लीराम खनाल युट्युबमा भाइरल व्यक्ति हुन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्युरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए । उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी हुन् । ‘उहाँ को हो ? यो अत्ति भयो । भइहाल्यो भने, कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ, सहेँ,’ उनले लेखेकी छन्, ‘हिजो साइबर ब्युरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ ।’

उनले आफू हिन्दु भएकाले लिभिङ टुगेदरमा बस्ने विचारमा विश्वास नगर्ने पनि बताएकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट