यो साता ११ सयले घट्यो सुनको मूल्य

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ कायम थियो भने यो साताको शुक्रबारसम्म १ हजार १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २÷२ सय रुपैयाँ घटेको थियो । यस्तै, बिहीबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५ सयले घटेको थियो ।

महासंघका अनुसार गत साताको तुलनामा चाँदीको मूल्य समेत घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो भने १५ रुपैयाँले घटेर यो साता १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट