बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

केही बालबालिका निकै धेरै बोल्ने वा कुरा गर्न सिपालु हुन्छन् । कम बोल्नु र बढी बोल्नु दुवैलाई बालबालिकाको व्यक्तित्वका लागि राम्रो मानिंदैन ।  अहिले सहरीकरण तथा प्रविधिको विकासले बालबालिका निकै अगाडि बढिसकेका छन् ।

फरासिलो हुन राम्रो भए पनि बालबालिकामा बढी बोल्ने, गफ दिने बानी छ भने त्यसलाई बाल्यकालमै सुधार्नुपर्छ । बढी कुरा गर्ने बानीका कारण पछि समस्या नआओस् र कसैसँग झमेलामा नपरोस् भनेर उनीहरुलाई सीमित मात्रामा बोल्ने बानीको विकास गराउनु राम्रो हुन्छ ।

बालबालिकाको स्वभाव चुलबुले हुनु र चकचके हुनु सामान्य नै हो । तर उनीहरुलाई त्यसको सीमा भने सिकाउनुपर्छ । बालबालिका धेरै बोल्दा आफूलाई मात्रै समस्यामा पार्दैनन्, कहिलेकाहीं परिवारलाई समेत समस्यामा पार्छन् । यही कारण कहिलेकाहीं अभिभावकले लज्जास्पद अवस्थाको पनि सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले यस्ता कुराबाट बच्न पनि बालबालिकालाई धेरै बोल्नबाट रोक्नुपर्छ । अर्थात् उनीहरुलाई बोल्ने सीमा तय गरिदिनुपर्छ ।

बालबालिकालाई उसको बानीको बारेमा बताउने 

बालबालिकासँग कुराकानी गर्दा उसको बारेमा पनि कुराकानी गर्नुपर्छ । ताकि उनीहरुलाई आफ्नो बानी व्यवहारका बारेमा थाहा होसु । केही कमी कमजोरी तथा गल्ती भए सुधार गर्न सकुन् ।

कहिलेकाहीं अभिभावकले बालबालिकाको कुरा नसुन्दा उसमा जिद्दीपन बढ्छ । यस्तो भएमा बालबालिका अभिभावकको ध्यान आफूतर्फ तान्न बढी बोल्न गर्छन् । यस्तोमा बालबालिकाको कुरा सुन्ने र व्यवहारबारे बताउने गर्नुपर्छ ।

छोटो वाक्यमा बोल्न सिकाउने

बालबालिकाको बढी बोल्ने बानी कम गर्न लामा शब्दलाई छोटो वाक्यमा बोल्न सिकाउनुपर्छ । यस्तो गर्दा बालबालिकामा ठिक्क बोल्ने बानीको विकास हुन्छ । यदि बालबालिकामा धेरै नै बोल्ने बानी छ भने डायरीमा लेख्न प्रेरित गर्नुपर्छ । यसबाट मनमा लागेका कुरा उसले डायरीमा व्यक्त गर्न सकोस् ।

सीमा तय गर्ने

बालबालिकालाई धेरै बोल्नबाट बचाउन अभिभावकले के बोल्ने के नबोल्ने भनेर छुट्याइदिनुपर्छ । बालबालिकाको बोल्ने बानी ठीक अवस्थामा राख्न औपचारिक तथा अनौपचारिक कुरा र नाता सम्बन्धका बारेमा समेत बताउनुपर्छ । कोसँग कसरी कुरा गर्ने र कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाएमा बालबालिकाले आफूलाई नियन्त्रण गर्न सक्छन् ।

कुनै बिमार छ कि ?

धेरै बोल्दा कोही बालबालिका बिरामी पर्न सक्छन् । ध्यानाभाव र अति सक्रियता विकार (एडीएचडी)को सिकार भएमा पनि बालबालिका बढी बोल्छन् । यस्तो समस्या देखिए बालबालिकालाई चिकित्सकलाई देखाउनुपर्छ ।

बालबच्चाप्रति बारम्बार गुनासो नगर्ने

बालबच्चालाई बारम्बार उसको बानीका बारेमा गुनासो गर्दा जिद्दीपन आउन सक्छ । बालबालिकालाई लिएर बारम्बार गुनासो गर्नुको साटो उसलाई उमेर अनुसारका कुराहरु सिकाउनुपर्छ, सम्झाउनुपर्छ । बालबालिकाको व्यवहारलाई लिएर बारम्बार गुनासो गर्दा ऊ रिसाउन सक्छ । अभिभावकले बालबालिकाको आत्मसम्मानलाई मध्यनजर गरी व्यवहार गर्नुपर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट