‘दबङ ४’ ल्याउँदै सलमान, डिसेम्बरदेखि छायांकन सुरु हुने

रंग नेपाल २०७९ असार २३ मा प्रकाशित

काठमाडौँ, २३ असार। सलमान खान आफू अभिनित चर्चित सिक्वेल फिल्म ‘दबङ’को चौथो श्रृंखला ल्याउने तयारीमा छन् । टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मलाई तिग्मांशु धुलियाले पटकथा लेखिरहेका छन् भने उनी स्वयंले निर्देशन गर्नेछन् ।

नेपालसहित विश्वभर सलमानको दबङले राम्रो व्यापार गर्न सफल भएको थियो । पछिल्लो फिल्म अन्तिमको प्रचारप्रसारको क्रममा नै उनले ‘दबङ ४’ बनाउन लागेकोबारे उल्लेख गरेका थिए ।

आगामी डिसेम्बरदेखि यो फिल्मको छायांकन सुरु हुने जनाइएको छ । मिडिया रिपोर्ट अनुसार सलमानले नै निर्देशक धुलियालाई यो प्रोजेक्टमा ल्याउन पहल गरेका थिए ।

सलमानले धुलियालाई आदर्श व्यक्ति भएको पनि उल्लेख गरिसकेका छन् । धुलियाले दबङ सिक्वेलमा चुलबुल पाण्डे पात्रमा थ्रील र एड्भेन्चर ल्याउन सक्ने बताए । रिपोर्टका अनुसार सलमान तिग्मांशुको कामबाट खुसी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट