चलचित्र ‘कौसीद’ पुष १५ देखि प्रदर्शनमा आउने

रंग नेपाल २०७९ असोज २४ मा प्रकाशित

काठमाडौं । बड पिक्चर्सको व्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसीद’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

चलचित्र आगामी पुष १५ गतेदेखि देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको वास्तविकता चित्रण गरेको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ । केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र विविध प्राविधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट