मलाई थुनामा पठाउने अदालतको आदेशलाई सम्मान गर्छु: सन्दीप लामिछाने

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आज शुक्रबार आदेश दिएको छ । उक्त आदेशको आफूले सम्मान गर्ने उनले बताएका हुन् । सन्दीपले आफ्ना कानुन व्यवसायीहरूमार्फत अदालतको आदेशलाई सम्मान गर्ने बताएका हुन् ।

बुधबार, बिहीबार र शुक्रबार भएको थुनछेक बहसपछि आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने छन् । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।

एक किशोरीले बलात्कार गरेको उजुरी दिएपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट