किरण र रचनाको ‘लुखुर लुखुर’ रिलिज

रंग नेपाल २०७९ पुष ५ मा प्रकाशित

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र वरिष्ठ गीतकार हिराकाजी थापाको सहकार्यमा तयार सांगीतिक कोशेली ‘लुखुर लुखुर’को भिडियो रिलिज गरिएको छ । गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहेको छ ।

काठमाडौंका रमणीय स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा चर्चित अभिनेता विल्सन विक्रम राई, सागर खनाल, वेदना राई, लोसlना लामिछाने, सौगात करनजीत र गंगा कुँवरको अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा सुटुक्क प्रेममा पर्ने युवाहरुको कथामा लोसीना, सागर, विल्सन र बेदना गज्जबसँग खुलेका छन् । बेलायतबाट भर्चुअल माध्यमबाट ६ वटा भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लुखुर लुखुर’ सातौँ प्रस्तुती हो । यसअघि उनले भर्चुअल माध्यमबाट बेलायतदेखि नै भिडियोको निर्देशन गर्दै आएका थिए ।

गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् । संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिङ रहेको भिडियो द रिल्स इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट