प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा महोत्सवको उद्घाटन (तस्वीरहरु)

रंग नेपाल २०७९ पुष २७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

No description available.

गोरखाको हरमटारीमा पुगेर प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन् ।

No description available.

पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो । गोरखा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।

No description available.

महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेको जोड दिए ।

उनले क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक रहेको उल्लेख गरे ।

महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन् ।

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट