डिलिट फुटेजसहित ‘पठान’ ओटीटी मा रिलिज हुँदै

रंग नेपाल २०७९ चैत ७ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ ओटीटीमा प्लेटफर्ममा रिलिज हुने भएको छ । ओटीटी प्लेटफर्म प्राइम भिडियोमा २२ मार्च अर्थात भोलि बुधबार रिलिज हुन लागेको हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुन लागेको हो ।

प्राइम भिडियोमा रिलिज हुन लागेको पठानमा यसअघि विरोध भएर डिलिट गरिएको ‘बेशरम रंग’ गीतको फुटेज समेत राखिने बताइएको छ । गीतमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुखको केहि क्लोजअप हट सीन रहेको थियो ।

गत २५ जनवरीबाट हलमा रिलिज भएको पठानले हालसम्म एक हजार करोड भन्दा बढी कमाइ गरिसकेको छ । योसँगै पठान बलिउड इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ ।

एक्सनथ्रीलरले भरिपूर्ण पठान शाहरुखको पछिल्लो ५ वर्षपछि कमब्याक फिल्म हो । शाहरुख पछिल्लो समय सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’मा देखिएका थिए । जिरो फिल्म फ्लप भएपछि शाहरुखले लामो समय ब्रेक लिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट