‘बहाव’को शीर्ष गीत सार्वजनिक

रंग नेपाल २०७९ चैत २१ मा प्रकाशित

काठमाडौं । यहि चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘बहाव’को शीर्ष गीत सार्वजनिक भएको छ ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’ गीत सार्वजनिक गरिएको हो ।

गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको सङ्गीत र विषय आचार्यको एरेन्ज छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु जिज्ञासा, विचार अनि यथार्थको कथामा आधारित छ ।

धेरै पढिएका

पछिल्ला अपडेट