‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ सम्पन्न

रंग नेपाल २०८० जेठ ८ मा प्रकाशित

काठमाडौं । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् । एकभब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चुनिँदा प्रनवीश्री सिंह फष्ट रनरअप, मेलिसा मल्ल सेकेन्ड रनरअप, क्रिभा बज्राचार्य थर्ड रनर अप भए ।

‘मिनि ब्वाई’ तर्फ ओजस राज श्रेष्ठले शिर्ष उपाधि चुम्दा यही प्रतियोगीतामा क्रमश विभत्सु उपाध्याय, सक्क्षम थापा, जोसेफ पराजुली फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप भए ।

त्यस्तै ‘लिटिल गर्ल’ तर्फको उपाधि भने दर्शना संग्रौला हात पारिन् । यही प्रतियोगीता तर्फ आनिया शाक्य फष्ट रनरअप, संमृद्धी केसी सेकेन्ड रनरअप, मानष्भी तुलाधर थर्ड रनर अप भए । ‘लिटिल ब्वाई’ तर्फ सम्यक श्रेष्ठ विजेता घोषित हुँदा आदित्य अधिकारी, विभुषण केसी, नयन बाँनिया क्रमश फष्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप बन्न सफल भए ।

बिभिन्न तामझाम सहित आयोजित कार्यक्रममा ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् । यही प्रतियोगीतामा युरेका रिजाल फष्ट रनरअप, जोरुफा फुयाल सेकेन्ड रनरअप भए । ‘टिन ब्वाई’ तर्फको उपाधि भने स्वरुप केसी हात पारे । यही प्रतियोगीतामा प्रत्युस ढकाल र आरोज्ञ गिरी क्रमश फष्ट रनरअप, सेकेन्ड रनरअप भए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल हेड अफ एकडेमिक्स, माच्छापुछ्रे आइबी वर्ल्ड स्कुल), नेहरु जोशी (आइबिपीवाइपी कोअडिनेटर जिनियर्स आइबि वर्ल्ड स्कुल), आकाश श्रेष्ठ (हेड अफ मार्केट्रिङ एण्ड कम्युनिकेसन युनिग्लोव स्कुल प्रोफेसनल एजुकेटर्स लिलिटेड), अमन हिटाङ (फाउन्डर प्रिन्सिपल संस्कार गुरुकुल), आशोक पाण्डे (प्रिसिन्सल अफ सेमरक निस्ट स्कुल) निर्णायक रहेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट