‘साहुकी छोरी’को म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०८० जेठ १४ मा प्रकाशित

काठमाडौं । गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ ।

विदेशमै रहेर पनि संगीतमा निरन्तर सक्रिय रहेका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा सार्वजनिक गरेका हुन् । गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज छ ।

भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायांकन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट